काठमाडौं, ८ मंसिर ।
नेत्र बिक्रम चन्द्र बिप्लब नेतृत्वको नेकपा माओवादीले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी र हस्तक्षेपको विरुद्धमा आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।
रत्नपार्कको शान्तिबाटिकाबाट सुरु भएको बिरोध रयाली राजधानीका बिभिन्न स्थानको परीक्रमा गर्दै पुनह शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । बिरोध रयालीमा हजारौको सहभागीता रहेको थियो ।
कोण सभालाई सम्बोधन गर्दै पाटी प्रबक्ता खड्क बहादुर बिश्वकर्मा प्रकाण्डले भारतले नेपालमाथि गरेको नाकाबन्दी तत्काल फिर्ता नलिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अन्तराष्ट्रिय अदालतमा मुद्धा दायर गर्ने बताउनु भयो ।
उहाले नजिकको छिमेकी नेपालमाथि नाकाबन्दी गरेर भारतले आफनै खुट्टामाथि बन्चरो प्रहार गर्न लाएको बताउनु भयो ।
उहॉले भोली देखि भारतीय गाडीहरुलाई नेपाल प्रवेश गर्न नदिने चेतावनी दिदै भारतीय नम्बर प्लेटको गाडी भेट्नासाथ जलाउन निर्देशन दिनु भयो ।
कार्यक्रमलाई सवोधन गर्दै पार्टी स्थायी समितिका सदस्य धर्मेन्द्र बास्तोलाले अन्तराष्ट्रिय कानुन विपरीत नाकाबन्दी गरेर भारतले अपराध गरीरहेको बताउनु भयो ।
नेपालको दलाल र भ्रष्टहरुका कारण भारतले नेपालमाथि दादागिरी र दवाव दिने गरेको भन्दै सबै राष्ट्रवादी शक्तिहरु एक भएर लड्ने बेला आएको बताउनु भयो ।
प्रबक्ता प्रकाण्डले नाकाबन्दीका बिरुद्ध नेपाली जनताले कुनै पनि हालतमा आत्मसम्पर्ण नगर्ने बताउदै सरकारले नाकाबन्दीका बिरुद्ध बिकल्प नखोजे तत्काल राजीनामा दिनु पर्ने बताउनु भयो ।
उहाले बजारमा बस्तुको अभाब भइरहेको मौका छोपी कालोबजारी गर्नेहरुलाई माओबादीले जनस्तरबाट कारबाही गर्ने चेतावनी दिनुभयो ।
यस्तै सभालाई सम्बोधन गर्दै नेकपा माओवादी निकट जनपरिषदका प्रमुख सन्तोष बुढाले मंसिर १३ गते नेपाल बन्दको घोषणा गर्नुभएको छ । भारतको नाकाबन्दी र कालोबजारीविरुद्ध बन्द गरीने उहाले बताउनु भयो ।
भारतीय हस्तक्षेपबाट नेपालीको दैनिकी चरम संकटमा परिरहेका बेला निजामती कर्मचारी नै कालो बजारी गर्नमा तल्लिन देखिएको भन्दै प्रदर्शन राष्ट्रिय स्वाधीनताको पक्षमा र दलाल–तस्करको विरुद्धमा लक्षित भएको माओवादीले जनाएको छ ।