साउदीमा सत्तरी हजार नेपाली एमआरपी बिहीन

साउदीमा सत्तरी हजार नेपाली एमआरपी बिहीन

  • मङ्लबार, मंसिर ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ,८ मंसिर ।

साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका नेपालीसँग मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० नभएको पाइएको छ ।

ती नेपालीले अझै पनि हस्तलिखित राहदानी प्रयोग गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ०को प्रावधानअनुसार सोमबारदेखि विश्वभर हस्तलिखित राहदानी मान्य नहुने भएपछि साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका ती नेपाली समस्यामा पर्ने भएका छन् ।

झन्डै पाँच लाखको हारहारीमा नेपाली रहेको साउदी अरबमा ६० देखि ७० हजार नेपालीसँग यन्त्रले पढ्ने राहदानी नभएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

हस्तलिखित राहदानी भएकाहरुमा प्रवेशाज्ञा दिने, म्याद थप गर्ने तथा सो राहदानीबाट यात्रा गर्ने लगायत समस्या पर्ने भएको हो । एमआरपी बनाउनका लागि दूतावासले पटक पटक सूचना जारी गरेको भए पनि यहाँ रहेका नेपालीले त्यसतर्फ चासो नदिँदा ठूलो सङ्ख्यामा एमआरपी बनाउन बाँकी देखिएको कावा नेपाली राजदूत आनन्दप्रसाद शर्माले बताउनुभयो ।

अहिले पनि एमआरपीका लागि दूतावासमा दैनिक सयदेखि डेढ सय र दमाम क्षेत्रमा हरेक साता पाँच सय जनासम्मको आवेदन आउने गरेको छ । एमआरपी बनाउन सम्भव नभएका र आकस्मिक समस्याका कारण स्वदेश जानुपर्ने भएकाहरुका लागि यात्रा अनुमतिपत्र जारी गर्ने व्यवस्था मिलाइने शर्माले जानकारी दिन्ुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी