लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा यसवर्ष विद्यालय स्तरीय कार्यक्रमलाई जोड दिइने

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा यसवर्ष विद्यालय स्तरीय कार्यक्रमलाई जोड दिइने

  • मङ्लबार, मंसिर ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ८ मंसिर ।  

राष्ट्रिय महिला आयोगले यस वर्ष १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत विद्यालय स्तरीय कार्यक्रमलाई विशेष जोड दिने भएको छ ।

लैङ्गिक हिंसाबारे विद्यार्थीलाई जानकारी गराउनुपर्ने आवश्यकता महसुस गर्दै भोलीबाट सुरु हुने उक्त अभियान विद्यालय स्तरीय कार्यक्रममा केन्द्रित रहने आयोगले जनाएको छ ।

राजधानीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागाईँले अभियानमा विशेष गरी विद्यार्थीलाई सहभागी गराउने उद्देश्य रहेको जानकारी दिनुभयो ।

यसका लागि आयोगले झापा, चितवन, रुपन्देही, नेपालगन्ज र कञ्चनपुरका विभिन्न विद्यालयमा अन्तक्र्रिया गर्ने भएको छ ।

यस वर्ष सो अभियानमा लैङ्गिक हिंसाविरुद्ध कार्यरत विभिन्न ४० सङ्घसंस्थाको संयुक्त सहभागिता रहनेछ । कार्यक्रम भोली बिहान साँढे ७ बजे भृकुटीमण्डपबाट सुरु हुनेछ ।

अभियानको यस वर्षको नारा ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनः निर्माण, शिक्षा र समान व्यवहार’ भन्ने तय गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ