ललितपुरमा च्याउ व्यवसाय संकटमा

ललितपुरमा च्याउ व्यवसाय संकटमा

  • मङ्लबार, मंसिर ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ,८ मंसिर ।

ललितपुरका च्याउ व्यवसायी इन्धन अभाव र तराईमा जारी आन्दोलनका कारण समस्यामा परेका छन । नाकाबन्दीले अत्यावश्यक वस्तु नेपालतर्फ भित्रिन नसक्दा समस्या झन बल्झिंदै गइरहेको व्यवसायीले गुनासो गरेका छन ।

च्याउ उत्पादनमा आवश्यक पर्ने कच्चापदार्थको सहज आपूर्ति नहुँदा व्यवसायी मर्कामा परेका हुन । उत्पादनमा आवश्यक पर्ने पराल ल्याउन नपाएको अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चित्रराज तिमल्सिनाले बताउनुभयो ।

ललितपुरमा करिब चार हजार जनाले च्याउ व्यवसाय गर्दै आएका छन । इन्धन अभाबले बजारसम्म च्याउ पु¥याउन समस्या भएको ब्यबसायीले बताएका छन ।

भारतको नाकाबन्दीका कारण कच्चापदार्थ पाउन मुस्किल हुँदा व्यवसाय नै धरापमा परेको व्यवसायी सन्तोष बजगाईंले बताए । जिल्ला कृषि विकास कार्यालयका अधिकृत हरिप्रसाद पण्डितले भने जिल्लामा निश्चित च्याउ कृषकलाई अनुदान दिइएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी