काठमाडौ ८ मंसिर ।
थरुहट प्रदेशको माग गर्दै शनिबारदेखि आन्दोलनमा उत्रिएका थरुहट थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले गएराति एउटा यात्रुवाहक बसमा तोडफोड गरेका छन् ।
कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरबाट बेलौरीतर्फ जाँदै गरेको म १ ख ४१७ नम्बरको बस रामपुर जङ्गलमा आन्दोलनकारीले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
तोडफोडबाट बसमा क्षति भएपनि सबै यात्रुहरु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।
धारिलो हतियार, लाठी र पेट्रोलसहित आएका थरुहटका कार्यकर्ता बसमा तोडफोडपछि फरार भएका थिए । बसलाई इलाका प्रहरी कार्यालय, बेलौरीको निगरानीमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline