काठमाडौ ८ मंसिर । चीनले १० हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराउने भएको छ ।
अनुदानको चुलो अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइदिने चीनले जानकारी दिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताउनु भयो ।
यो सहयोग चीनले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक–प्राविधिक सहायता अन्तर्गत रहेको उहाको भनाइ छ ।
यसैबीच चीनसँग व्यापारिक रुपमा इन्धन आयात गर्ने तयारीमा रहेको नेपालले अनुदान स्वरुप थप इन्धन उपलब्ध गराउन आग्रह गरेको छ ।
भारतीय नाकाबन्दी अझै केही समय लम्बिने देखिएपछि नेपाल सरकारले चीनसँग थप इन्धन अनुदानका रुपमा उपलब्ध गराउन माग गरेको हो ।
यसैगरी नेपालसँग ग्यास ल्याउनका लागि एउटा पनि बुलेट नभएकाले अनुदानका रुपमा बुलेट उपलब्ध गराइदिन पनि चिनीयाँ पक्षसँग आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline