काठमाडौ ८ मंसिर ।
धनुषाको ढल्केबरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ६ जना मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा रोकिएका सवारी साधनलाई गएराति प्रहरीले स्कर्टिङ गरी गन्तव्य तर्फ पठाउने क्रममा मोर्चाका कार्यकर्ताले अवरोध गरेपछि दुवैपक्षबीच झडप भएको हो ।
झडपका क्रममा प्रहरीको लाठिचार्जबाट मोर्चाका ६ जना कार्यकर्ता घाइते भएका हुन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
राजमार्गमा पर्ने ढल्केवरमा जम्मा भएका मोर्चाका कार्यकर्तालाई तितरवितर पार्न प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको थियो । मोर्चाका कार्यकर्ताले केही गाडीमा ढुंगामुडा समेत गरेका थिए ।
अवरोधका बीचपनि प्रहरीले ढल्केवरबाट करिब पाँच सय सवारी साधनलाई स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline