उपभोग्य सामग्री हवाई मार्गबाट आपूर्ति गर्न नेपाल कम्युनिस्ट पार्टीको माग

उपभोग्य सामग्री हवाई मार्गबाट आपूर्ति गर्न नेपाल कम्युनिस्ट पार्टीको माग

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, ७ मङ्सिर ।

नेपाल कम्युनिस्ट पार्टीले नाकाबन्दीका कारणले ग्यास, पेट्रोलियम पदार्थ तथा अत्यावश्यकीय औषधिजन्य लगायत उपभोग्य सामग्री हवाई मार्गबाट आपूर्ति गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका अध्यक्ष ऋषिराम कट्टेलको अध्यक्षतामा आज कोटेश्वरमा बसेको पदाधिकारी बैठकले उपभोग्य वस्तुमा भएको अभावको मौका छोपी भएको कालोबजारी र महँगीले जनतालाई आतङ्कित बनाएको ठहर गर्दै कालोबजारी र नाफाखोरीलाई कारबाहीको माग गरेको छ ।

बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारलाई जनता र राष्ट्रप्रति खेलबाड नगरी मागलाई सही ढङ्गले सम्बोधन गर्न गराउन आग्रह गरेको छ ।

वर्तमान समस्यालाई क्षेत्रीय र जातीय समस्याको रुपमा चित्रण र परिभाषित नगरी बृहत् राष्ट्रिय एकता र जातीय, धार्मिक, सांस्कृतिक सद्भाव कायम गरी मुलुकको राष्ट्रियता र स्वाभिमान जोगाउन सबै दललाई एकताबद्ध भई अघि बढ्न बैठकले सुझाएको महासचिव शरणविक्रम मल्लले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी