मोर्चाको बटमलाइन सिमाङकन हो : महन्थ ठाकुर

मोर्चाको बटमलाइन सिमाङकन हो : महन्थ ठाकुर

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,७ मंसिर ।

तराईको समस्या समाधानका लागि नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र कांग्रेस पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले आज तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ ।

भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा भएको दुई पक्षीय भेटमा कांग्रेस महामन्त्री सिंहले मधेसको परिस्थिति बिग्रँदै गएको, जनजीवन कष्टकर भएको र नाकाबन्दीले निकै जटिलता ल्याएकाले समस्याको छिटो निकास निकाल्न ठाकुरलाई आग्रह गर्नुभएको थियो ।

महामन्त्री सिंहलाई उद्धृत गर्दै सिंहका स्वकीय सचिव युपी लामिछानेले ठाकुरले अहिलेको जटिल परिस्थितिमा सरकार गम्भीर बन्न नसकेको बताएको जानकारी दिनुभयो ।

भेटमा ठाकुरले परिस्थिति गम्भीर बन्दै गएको भन्दै अब परिस्थिति बिग्रन दिनु नहुनेमा जोड दिनुभयो । अघिल्लो सरकारले गरेको निर्णय घाइतेको उपचार, मृतकलाई क्षतिपूर्ति दिने, झूटा मुद्दा फिर्ता लिने काम पनि सरकारले नगरेको गुनासो गर्नुभयो ।

ठाकुरले मोर्चाको बटमलाइन सीमांकन नै रहेको भन्दै समग्र मधेसको समस्या प्याकेजमै समाधान खोजेर अगाडि बढौं भन्दा सत्तापक्षले बेवास्ता गरेकोे आरोप लगाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी