मोटरसाइकल र साइकल चलाउनमा पनि रोक

मोटरसाइकल र साइकल चलाउनमा पनि रोक

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ,७ मंसिर । 

महोत्तरीमा आज मोटरसाइकल र साइकल सञ्चालनमा पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले रोक लगाएका छन् ।

आज दिउँसोदेखि जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको प्रकौली, पिपरा, अलिपट्टी र सहोडवामा सडकमा मोर्चाका कार्यकर्ताले मुढा र ठूल्ठूला ढुङ्गा राखेर सडक अवरुद्ध पारेका छन् ।

त्यस्तै, जिल्लाको जलेश्वर बर्दिबास सडकखण्डको औरही र रामगोपालपुरमा आन्दोलनकारीले ढाट बाँधेर नै सडक जाम गरेका छन् भने सो सडकखण्डमा पनि मोटरसाइकल र साइकलसमेत सञ्चालन गर्न दिइएको छैन ।

महोत्तरीको जलेश्वर जनकपुर, जलेश्वर बर्दिबास, जलेश्वर सम्सी, जलेश्वर मटिहानी र जलेश्वर भिट्ठामोड सबै सडकखण्डमा मोर्चाका कार्यकर्ताले ढाट बाँधेर र ढुङ्गाहरु राखेर आजदेखि पैदलबाहेकका सबै सवारीसाधनमा पूर्ण रुपले रोक लगाएका छन् ।

मोर्चाका कार्यकर्ताले जुन सवारीसाधन जताबाट पुग्छन् त्यसलाई त्यतै फिर्ता पठाउने गरेका छन् । जबर्जस्ती गर्नेहरुका सवारीसाधनमा तोडफोड र आगजनीको धम्की दिने गरेका छन् ।

मोर्चाका कार्यकर्ताले आज कुनै पनि प्रकारका गाडी चल्न नदिएपछि बिरामी तथा अत्यावश्यक काममा हिँडेकाहरु बिचल्लीमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी