पर्बतमा व्यावसायिक अनारखेती सुरु

पर्बतमा व्यावसायिक अनारखेती सुरु

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ,७ मंसिर ।

पर्बतको मुडिकुवा गाविस–३ अम्बोटका ३२ वर्षीय अशोक कुँवरले जिल्लामै पहिलोपटक अनारको व्यावासायिक खेती सुरु गरेका छन ।

रामेछापबाट प्रति बिरुवा रु १०० मा खरिद गरेर उहाँले आफ्नोबारीमा अनारखेती सुरु गर्नुभएको हो । कुँवरले अहिले कोदो र मकै उत्पादन हुने १५ रोपनी जमिनमा अनारका ४५० बिरुवा रोप्नुभएको छ ।

थप बिरुवा लगाउनका लागि अनारको छुट्टै नर्सरीसमेत स्थापना गरेको कुँवरले बताउनुभयो । आफू शिक्षक पेसामा भए पनि बाँकी रहेको समय अनारखेतीमा खर्च गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

अहिलेसम्म रु चार लाख लगानी गरिसकेको र दुई वर्ष अघि लगाएका बिरुवा अहिले हुर्कदो अवस्थामा रहेको उहाँले बताउनुभयो । दुई वर्षपछि फल दिनेमा उहाँ ढुक्क हुनुहुन्छ । एउटा बोटले सामान्यतया ५० देखि १५० किलोसम्म फल दिने कुँवरको भनाइ छ ।

अहिले बजारमा अनार प्रतिकिलो रु ३०० मा पाइन्छ । उहाँले मृदुला जातको अनारका बिरुवा लगाउनुभएको छ । सिँचाइका लागि उहाँले प्लास्टिक पोखरीसमेत निर्माण गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ