धरान मंसिर ७ गते । ढुङ्गना दम्पत्तिका ५ जना छोराछोरी सुस्तमनस्थितीका भन्ने समाचार हेरेपछि दकम झापाबाट युएसए जानुभएका नेत्र आचार्यले नगद १४ हजार १ सय सहयोग गर्नु भएको छ ।
इटहरा—७ का तुलशीराम ढुङ्गना र सृजना ढुङ्गनाको अपाङ्ग छोराछोरीको सहयोगको लागि पत्रकार तेजन खड्कालाई आचार्यले युएसबाट उक्त रकम पठाउनु भएको छ ।
उहाँहरुको अवस्था देखेर सहयोग गर्न मन लाग्यो,आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने सोच छ , आचार्यले भन्नुभयो । खड्काले उक्त रकम आज घरमा ढुङ्गना दम्पत्तिलाई बुझाउने जानकारी दिनु भयो ।
यि दम्पतीका छोरीछोरी ३७ वर्षीय निर्मला, ३५ वर्षीय निर्मल, ३१ वर्षीय उमेश, २२ वर्षीय पार्वता र २० वर्षीय गोमा जन्मजात सुस्तमनस्थिती जन्मिए । त्यसैले यस्तो कष्टपुर्ण जीवन जिउनु परेको हो ।
यसअघि मोरङ राजघाट—५ बाट जापान र हङकङ जानुभएका ममता मगर र बालिका गुरुङ ५\५ हजार सहयोग गर्नु भएको थियो ।