काठमाडौं, ७ मंसिर ।
चीनसंग व्यापारिक सम्झौता गर्नका लागि पहिलो चरणको वार्ताका लागि नेपाली टोली वेइजिङ प्रस्थान गरेको छ ।
वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा टोली गत शुक्रवार बेइजिङ जाने भनिए पनि चीनले तेलको मुल्यसुची नपठाएपछि आज प्राविधिक टोली मात्रै त्यसतर्फ लागेको हो ।
चीनसंग व्यापरीक सम्झौताका लागि अन्य केहि कुरा मिलाउनुपर्ने भएकाले पहिलो चरणमा २ जना प्राविधिकलाइृ त्यसतर्फ पठाईएको वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता घिमिरेले बताउनु भयो ।
आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्राई र आयल निर्देशक दिपक बराल आज बेइजिङ जाने बताइएको छ । भारतले नाकाबन्दी गरि ईन्धन आपुर्ति रोकेपछि नेपालले चीनको विकल्प खोजेको हो । चीनसंगको व्यापारीक सम्झौतापछि इन्धन आपुर्ति नियमित हुने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline