दुई दिने सडक सुरक्षासम्वन्धी तालिम सम्पन्न

दुई दिने सडक सुरक्षासम्वन्धी तालिम सम्पन्न

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,७ मंसिर ।

ललितपुरस्थित अल्का अस्पतालमा सडक दुर्घटना न्युनिकरणका साथै दुर्घटनापछि घाइतेको सुरक्षाका बिषयमा दुई दिने सडक सुरक्ष्ाँसम्वन्धी तालिम सम्पन्न भएको छ ।

नेपाल प्रहरी, सडक सुृरक्ष्ाँ समाज र रोटरी क्लव अफ दरवार मार्गको संयुक्त पहलमा अल्का अस्पतालले बिदेशी र स्वदेशी प्रशिक्षकको सहयोगमा यातायातकर्मी, ट्राफिक प्रहरी र सर्वसाधरणलाई सडक सुरक्षासम्वन्धी प्रशिक्षण दिएको हो ।

आज सम्पन्न दुई दिने प्रशिक्षण कार्यक्रममा प्रहरी, यातायातकर्मी, विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सर्वसाधरण सहभागी भएका थिए । कार्यक्रममा अल्का अस्पतालका अध्यक्ष कुमार थापाले सडक सुरक्षासम्वन्धी सचेतना बढाउन सके दुर्घटना न्युनिकरणमा ठुलो सहयोग पुग्ने बताउनुभयो ।

सडक बिभागका उपमहानिर्देशक सरोज प्रदानले सडक सुरक्षासम्वन्धी सचेतनाका लागी आयोजना गरिएको यस्ता कार्यक्रमले दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने भन्दै सरकारले पनि यसमा साथ दिने बताउनुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जयबहादुर चन्दले दुर्घटनाको जोखिमलाई न्युनिकरण गर्ने पहिलो उपाय सडक सुरक्षासम्वन्धी सचेतना भएकाले सवै पक्षको यसमा सहयोग हुनुपर्ने बताउनुभयो ।

सडक सुरक्षासम्वन्धी कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले अल्का अस्पतालले यसअघि पनि एघार सय ट्राफिक प्रहरीलाई प्रशिक्षण दिनुका साथै ट्राफिक प्रहरीलाई प्राथमिक उपचार सामाग्रीसहितको झोला समेत बितरण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ