ईन्धन अभावका कारण ग्रामीण सडकमा चल्ने जिप दोब्बर भाडा असुल्दै

ईन्धन अभावका कारण ग्रामीण सडकमा चल्ने जिप दोब्बर भाडा असुल्दै

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

७ मंसीर, अछाम ।

अछाम जिल्लाका ग्रामीण सडकमा सञ्चालतीत जिपहरुले दोब्बर भाडा असुल्न थालेपछी सर्बसाधारण यात्रुहरु मंगीको मारमा परेका छन् ।

भारतको अघोषीत नाकाबन्दीले ईन्धन अभावका कारण ग्रामीण सडकमा चल्ने जिप सञ्चालकहरुले यात्रुहरुबाट दोब्वर भाडा अशुल्न थालेका हुन् । अछामको पायल गावीस वडा नम्वर ५ का राकेश कुवरले आफुले सदरमुकाम मंगलसेन देखी बिनायक सम्म ५ सय भाडा तिर्नुपरेको बताउनुभयो ।

बिनायका कृषी प्राबीधी अध्यनगर्दै आउनुभएका कुवरले यस अघी नियमीत आउत जावत गर्दा ३ सय भाडा तिर्दै आएपनी यस पटक भने त्यसको दोब्वर भाडा तिरेर जानुपरेको सुनाउनुभयो ।

आर्थीक अवस्था कमजोर भएका यात्रुहरुले जिपहरुमा महंगो भाडा तिनुपर्दा उनीहरुले यसको मारमा परेको दुखेसो पोखेका छन् । ईन्धन अभावका कारण जिपहरु सञ्चालन गर्नै नसकीने अवस्थामा आफुहरुले महंगोमा ईन्धन खरीद गरेर गाडी चदाउनुपरेकाले दोब्वर भाडा लिएर सेवा दिईरहेको गाडी सञ्चालकहरुले बताएका छन् ।

यस अघी सदरमुकाम मंगलसेनबाट बिनायक र कमलबजारको भाडादर ३ सय तोकीएपनी अहीले ५ सय अशुल्ने गरेका छन् भने सदरमुकाम मंगलसेन बाटै गैरीटाड सम्मको भाडादर २ सय ५० तोकीएपनी अहीले ३ सय ५० अशुल्ने गरेका छन् । गाडी सञ्चाकहरुले आफुहरुले अघोषीत नाकाबन्दीका कारण ईन्धन अभाव कायमै रहेपनी मंहंगोमा ईन्धन खरीद गरी यात्रुहरुको सहमतीबाट नै अहीले पहीलको दाजोमा महंगो भाडा लिइरहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ