भारतीय नाकाबन्दी बिरुद्ध विप्लव माओवादीले भोली प्रदर्शन गर्दै

भारतीय नाकाबन्दी बिरुद्ध विप्लव माओवादीले भोली प्रदर्शन गर्दै

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं,७ मंसिर ।

बिप्लब नेतृत्वको नेकपा माओवादीले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी र हस्तक्षेपको विरुद्धमा भोली काठमाण्डौमा प्रदर्शन गर्ने भएको छ ।

मधेश आन्दोलन र नाकाबन्दीको प्रभाबले बजारमा बस्तुको अभाब भइरहेको मौका छौपी कालोबजारी गर्नेहरुका गर्नेहरुका बिरुद्ध पनि प्रदर्शन गर्न लागेको सो पाटीका प्रबक्ता खड्क बहादुर बिश्बकर्माले जानकारी दिनुभयो ।

माओवादीले कालो बजारीमा संलग्नमाथि जनस्तरबाट कारवाही गर्न भन्दै आयल निगमका प्रमुखदेखि केही इन्धन बिक्रेतालाई कालो सूचीमा परेको आफ्नो रेकर्डमा परेको जनाएको छ ।

भोली मध्यान्ह १२ बजे राजधानीको कोटेश्वर, सातदोबाटो, चाबहिल, गोंगबु, बालाजु र कलंकी लगायत मुख्य चोकबाट शुरु भई विरोध र्याली रत्नपार्क शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत प्रवक्ता बिश्बकर्माले बताउनु भयो ।

भारतीय हस्तक्षेपबाट नेपालीको दैनिकी चरम संकटमा परिरहेका बेला निजामती कर्मचारी नै कालो बजारी गर्नमा तल्लिन देखिएको भन्दै प्रदर्शन राष्ट्रिय स्वाधीनताको पक्षमा र दलाल–तस्करको विरुद्धमा लक्षित हुने माओवादीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी