भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा प्रदर्शन

भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा प्रदर्शन

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ,७ मंसिर । 

भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा प्रदर्शन गरिएको छ ।

अमेरिकामा रहेका नेपालीहरुको प्रतिनिधिमूलक संस्थाहरुले संयुक्त रुपमा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । स्थानीय समयअनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गरिएको विरोध प्रदर्शनमा चार हजार भन्दा बढी नेपालीको उपस्थिति रहेको थियो ।

उक्त विरोध प्रदर्शन नेपालीहरुबाट भएको अहिलेसम्मकै ठूलो भएको आयोजकले जनाएको छ । यस अघि प्रदर्शनकारीहरुले ह्वाइट हाउसदेखि अमेरिकास्थित भारतीय दूतावास रहेको ठाउँसम्म ¥याली निकालेका थिए ।

एसोसिएसन अफ नेपलिज इन अमेरिकाएएनएले आज भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रपति बाराक ओबामासमक्ष एक ज्ञापनपत्र बुझाउने जनाएको छ । नाकाबन्दीको विषयमा अमेरिकी सिनेटरहरुलाई यसअघि नै ज्ञापनपत्र बुझाइएको थियो भने सिनेटरबाट प्राप्त पत्र ¥यालीमा पढेर सुनाइएको थियो ।

अमेरिकास्थित क्रियाशील नेपाली संस्थाहरू एएनए, वाना, आन्मा, नासा र एनआरएन अमेरिकाको पहलमा विरोध प्रदर्शन गरिएको हो । मधेसवादी दलहरूको आन्दोलनलाई आधार बनाएर सीमा सुरक्षाको नाममा भारतले नाकाबन्दी गर्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र, पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताको उल्लङ्घन गरेको आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी