काठमाण्डौ,७ मंसिर ।
मधेशी मोर्चाका कार्यकर्ताले बिरामी बोकेका एम्बलेन्समा पनि तोडफोड गर्न थालेपनि पुर्वका एम्बुलेन्स चालकहरूले एम्बुलेन्स सेवा बन्द गरेका छन् । असुरक्षाको कारण देखाउदै उनीहरुले आज बिहानबाट एम्बुलेन्स सेवा बन्द गरेका हुन ।
आन्दोलनका क्रममा बिभिन्न स्थानमा प्रदर्शनकारीले एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथी समेत आक्रमण गर्न थालेका पछि एम्बुलेन्स सेवा बन्द गर्नुपरेको एम्बुलेन्स चालक संघ मोरङका सचिव चन्द्र पराजुलीले जानकारी बताउनु भयो ।
सेवा बन्द हुँदा विराटनगर सहित बिभिन्न स्थानमा रिफर गरिएका गम्भिर प्रकृतीका विरामीहरूलाई अस्पताल सम्म र्पुयाउन समस्या भएको छ । यस्तै ग्रामिण क्षेत्रवाट पनि विरामीलाई सदरमुकामका अस्पतालमा ल्याउन समस्या भएको छ।
पुर्वका झापा, मोरङ र सुनसरीमा मात्र तीनसय भन्दा बढी एम्बुलेन्स छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline