दाउरा लिन नागरिकता चाहिँदैन : द टिम्बर कर्पोरेशन

दाउरा लिन नागरिकता चाहिँदैन : द टिम्बर कर्पोरेशन

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, ७ मङ्सिर ।

द टिम्बर कर्पोरेसनले हालसम्म तीनहजार ७५ परिवारलाई करिव तीनलाख पाँचहजार केजी दाउरा सर्वसाधारण जनतालाई वितरण गरेको छ ।

भारतीय नाकाबन्दीको कारण खाना पकाउने ग्याँसको चरम अभाव भएपछि कर्पोरेशनले उपत्यका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुरको डिपोबाट घरायसी प्रयोजनको लागि दाउरा गत असोज २९गतेदेखि उपलब्ध गराउँदै आएको छ ।
वन तथा भू संरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा आज यहाँ जारी विज्ञप्तिमा कर्पोरेशनको भक्तपुर ठिमी र काठमाडौको स्वयम्भू अस्थायी डिपोबाट पनि प्रति परिवार एकसय किलो दाउरा वितरण सुरु भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा दाउरा घरायसी प्रयोजनका लागि मात्र प्रयोग गरिदिन र दाउरा लिनको लागि नागरिकता नचाहिने विज्ञप्तिमा स्पष्ट पारिएको छ । वन मन्त्रालय अन्तर्गतको कर्पोरेसनले उपत्यकाका विभिन्न स्थानमा पनि दाउरा वितरणका लागि डिपो विस्तार गर्न लागेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ