सीमामा धर्ना दिएर भारतलाई खेल्ने बाटो : देउवा

सीमामा धर्ना दिएर भारतलाई खेल्ने बाटो : देउवा

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ,७ मंसिर ।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफनो पार्टी सीमांकनमा लचिलो हुन तयार रहेको बताउनुभएको छ ।

प्रेस युनयन बाँकेले नेपालगञ्जमा आयोजना गरेकोे पत्रकार सम्मेलनमा उहाले दशगजामा धर्ना दिने कार्य बन्द आग्रह गर्दै यसअघि भएका सबै सहमति कार्यान्वयन गरिने बताउनुभयो ।

नेता देउवाले सीमांकनको समस्या आयोगबाट समाधान गर्न सकिने बताउनुभयो । आफू कुनै जिल्ला अखण्ड हुनुपर्छ भन्ने पक्षमा नभएको उहाँको भनाई छ ।

उहाँले पहिलो संविधानसभा रहँदा प्रमुख तीन राजनीतिक दल र मधेसी केन्द्रित दलबिच कैलाली र कञ्चनपुरको बारेमा भएको कार्यान्वयनको पक्षमा आफू रहेको बताउनुभयो ।

नेपालभित्रको समस्या सीमा नाका बन्द गरेर समाधान नहुने भन्दै उहाँले सीमामा धर्ना दिएर भारतलाई खेल्ने बाटो दिएको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी