काठमाण्डौ,७ मंसिर ।
बिगत १ सय २ दिन देखी तराइमा आन्दोलनरत मधेशी मोर्चाको सहमतीमा संविधान संशोधन विधेयक अघि बढाउन प्रमुख प्रतिपक्षी काग्रेस सहित सतारुढ दल सहमत भएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको प्रमुख दलहरुको बैठकमा काग्रेस सरकारले दर्ता गरेको संविधान संशोधन प्रक्रिया मधेशी दलको समर्थनमा समेत अघि बढाउने सहमती भएको एमाओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
शुशिल कोइराला नेतृत्वको अघिल्लो सरकारले समानुपातिक समावेशीको सुनिश्चितता , प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्वन्धी संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो ।
एमाले सरकारले विधेयक अघि नबढाएको भन्दै कांग्रेसले संसदमा दबावमूलक आन्दोलन गर्दै आएको थियो । आन्दोलनरत मधेसी मोर्चाको माग बारे साझा धारणा बनाउनका प्रमुख दलले छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेका छन ।
यस्तै बैठकले आन्दोलन शान्तिपूर्णरुपमा गर्न पनि आग्रह गरेको छ ।