राजमार्गमा रोकिएका सवारी साधन स्कर्टिङ गरी गन्तव्य तर्फ पठाइयो

राजमार्गमा रोकिएका सवारी साधन स्कर्टिङ गरी गन्तव्य तर्फ पठाइयो

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ ७ मंसिर ।  

मधेसी मोर्चाका कार्यकर्ताको अवरोधका कारण सप्तरीको राजमार्ग क्षेत्रमा रोकिएका सवारी साधनलाई प्रहरीले स्कर्टिङ गरी गन्तव्य तर्फ पठाएको छ । पूर्वबाट आउँदै गरेका र पूर्व जाँदै गरेका झण्डै १३ सय गाडीलाई स्कर्टिङ गरेर प्रहरीले गएराति गन्तव्यतर्फ पठाएको हो ।

पूर्वका लागि छुटेका झण्डै ८ सय सवारी साधनलाई धनुषाको लालगढबाट प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएको यातायात व्यावसायीले बताएका छन् । ती सवारी साधन शनिबार रातिदेखि लालगढ क्षेत्रमा रोकिएको थिए ।

यस्तै पूर्वका विभिन्न ठाउँबाट छुटेका झण्डै पाँच सय सवारीलाई सुनसरीको इटहरीबाट प्रहरीले स्कर्टिङ गरेर गन्तव्य पठाएको छ ।

शनिबार राति सप्तरीको रुपनी, भारदहसहितका राजमार्ग क्षेत्रमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएपछि पूर्वका लागि छुटेका गाडी धनुषाको लालगढ तथा पूर्वबाट छुटेका गाडी सुनसरीको इटहरी क्षेत्रमा रोकिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ