काठमाण्डौ ,७ मंसिर ।
सरकारले मधेशको आन्दोलन नियन्त्रण गर्न राजमार्ग र सीमामा नेपाली सेना खटाउने तयारि गरेको छ ।
मधेशकेन्द्रित दलहरुको आन्दोलन अराजक बन्दै गएको ठहरसँगै सरकारले नेपाल भारत सीमा नाका र राजमार्गमा सेना खटाउने तयारी गरेको हो ।
गृहमन्त्रालय मातहतको सुरक्षा संगठनले मात्रै अवरोध हटाएर राजमार्गमा आवागमन सन्चालन गर्न सम्भव नदेखिएको तथा आन्दोलनरत मधेशी मोर्चासँग तत्काल सहमती नहुने निष्कर्ष निकाल्दै सरकारले अवरोध हटाउन सेना परिचालन गर्न लागीएको हो ।
पहिलो चरणमा छोटो अबधिका लागी गृहमातहतका सुरक्षा संगठनलाई परिचालन गर्ने र दोस्रो चरणमा सेना खटाउने गरी सरकारले रणनीति कार्यान्वयनमा ल्याएको छ ।
आईतवारबाट नयाँ सुरक्षा रणनीति तयार गर्दै सरकारले यो रणनीति कार्यान्वयनमा ल्याएको आजको नागरिकमा खबर छ । काठमाण्डौलाई झुकाउने ,गलाउने नाममा सीमा नाका र राजमार्ग अवरोध गर्दै भईरहेको आन्दोलन थप अराजक भएपछि सरकारले सोही योजनाअनुरुप सुरक्षा रणनिती तयार भएको स्रोतले बताएको छ ।
यसअघि दुईपटक बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सेना परिचालनको मोडालीटिसम्बन्धी विस्तृत छलफलमा सिधै सेना परिचालन गर्दा बिबाद हुने भएकोले दोस्रो चरणमा सेना परिचालन गर्ने तयारि गरिएको जनाईएको छ ।