मिस नर्सको अडिसन सुरु

मिस नर्सको अडिसन सुरु

  • आइतवार, मंसिर ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ मंसीर ५ । स्वस्थ्य पेसास“ग सम्बधित एकमात्र सौदर्य प्रतियोगिता मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल २०७२’को अडिसन सुरु भएको छ । तिनकुने स्थित ग्रिन क्याफे एण्ड पार्टी भेन्युमा आइतबारबाट पहिलो चरणको प्रतियोगी छान्ने अडिसन सुरु भएको हो ।

अडिसन अझै दुई साता चल्ने नेक्स्ट मोडल्स नेपालका सिइओ रबि धमलाले जानकारी दिए । प्रतियोगिताको अन्तिम अडिसन १९ गतेसम्म चल्ने छ ।
नर्सिङ पेसाले समाजमा पुरयाएको योगदानको कदर र सम्मान गर्दै यस पेसा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाज प्रति थप जिम्बेवार र उत्तरदायी बनाउने उदेश्य प्रतियोगिताको रहेको छ ।

पहिलो चरणको अडिसनमा डा. लोचन कार्की (नेपाल मेडीकल एसोसियसन), डा. आयुष्मान घिमिरे (मिष्टर नेपाल २०११), श्रीदेबी शर्मा (मिस नर्स २०७१ सेकेन्ड रनर अफ), रोजिन शाक्य( कोरियोग्राफर) , रबी धमला( सिइयो नेक्स्ट मोडल्स नेपाल)लगायत निर्णायक रहेका छन् ।
राजधानीमा आगामी पुष २५ गते एक भब्य कार्यक्रम सहित आयोजना हुने प्रतियोगीतामा अन्तिम स्पर्धाका लागी छानिएका प्रतियोगिलाई व्यक्तित्व विकास, सन्चार कला शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप ,मेकअप ,फेसन ,फोटो सेसन, महिला ससक्तिकरण, प्रेरणा, नेतृत्व क्षेमता, सामाजिक संजालको सहि सदुपयोगलगायतका बिषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिइने कार्यक्रम संयोजक यतना पाण्डेले बताइन् ।

प्रतियोगीतामा मुख्य उपाधि सहित फष्टरनर अप, सेकेन्ड रनर अपका ब्युटी उइथ बिरेन, सोशल रेस्पोन्सिभल नर्स, मोष्ट ट्यालेन्ट ,बेष्ट पर्सनालीटी ,मोष्ट ब्युटिफुल, मिस फोटोजेनिक लगायत बिधामा समेत बिजेता छानिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी