लक्ष्य भन्दा बढी राजस्व सङ्कलन

लक्ष्य भन्दा बढी राजस्व सङ्कलन

  • आइतवार, मंसिर ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, ६ मङ्सिर ।

काठमाडौँ महानगरपालिकाले लक्ष्यभन्दा तीन करोड ६६ लाख ९० हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।

चालु आव २०७२÷७३ को प्रथम चौमासिकको लक्ष्य रु २७ करोड ३६ लाख ९६ हजार ५०० रहेकामा कात्तिक सम्ममा रु ३१ करोड तीन लाख ८७ हजार २२५ राजस्व सङ्कलन भएको महानगरपालिका राजस्व विभागले जनाएको छ ।

चालु आवको प्रथम चौमासिकमा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार समग्रमा लक्ष्यभन्दा ११३ प्रतिशतले प्रगति रहेको राजस्व विभागका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।

विभागका अनुसार सबैभन्दा बढी घरजग्गा करमा रु २३ करोड ३३ लाख ३६ लाख असुली भएको छ । यो लक्ष्यभन्दा रु तीन करोड १० लाखले बढी हो । मनोरञ्जन करमा लक्ष्य रु आठ लाख ७५ हजार राखिएको भएपनि कुनै रकम उठ्न सकेन ।

भूकम्प तथा त्यसपछिको इन्धन अभावका कारण आर्थिक गतिविधिमा कमी आएकाले राजस्व असुलीमा अपेक्षितरुपमा शीर्षकसहितको लक्ष्य भेट्टाउन नसकिएको उहाँको भनाइ छ ।

विभागले विषयगत क्षेत्रका करसम्बन्धी पर्याप्त दक्ष जनशक्ति नभएका कारण पनि प्रभावकारी रुपमा कर सङ्कलन गर्न नसकेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी