देशलाई आत्मनिर्भर बनाउने बाटोमा मेरो ध्यान जान्छ : प्रम ओली

देशलाई आत्मनिर्भर बनाउने बाटोमा मेरो ध्यान जान्छ : प्रम ओली

  • आइतवार, मंसिर ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ६ मङ्सिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित नेपाल, सुखी र सम्पन्न नेपाली बनाउने अभियानमा जुट्न सबैसँग आग्रह गर्नुभएको छ।

नागार्जुन नगरपालिका–९ रामकोटमा बद्रीनारायण धामको शिलान्यास तथा नारायण सत्सङ्ग भवनको आज उद्घाटन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

आफूले मुलुकलाई शीघ्र र तीव्र विकासको बाटोमा लैजान चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिलेको परिस्थितिभित्र रहेर गरिने सबै काम गरिनेछ, देशलाई आत्मनिर्भर र स्वावलम्बन बनाउने बाटोमा मेरो ध्यान केन्द्रित रहेको छ ।

चारधाममध्ये एक धामका रुपमा विकास गर्ने उद्देश्यका साथ शिलान्यास गरिएको बद्रीनारायण धामको निमार्णलाई सकेसम्म छिटो पूर्णता दिनुपर्छ भन्दै उहाँले नारायण सत्सङ्ग भवन चराचर, प्रकृति, मानवजाति र समाजको यावत् पक्षमा गहन चिन्तन, मनन र ज्ञानप्राप्त गर्ने स्थानका रुपमा विकसित हुने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी