राजविराज मंसीर ६ । पूर्व पश्चिम राजमार्गका बरमझिया सहितका क्षेत्रमा गएराति भएको तनावका क्रममा मधेशी मोर्चाका कार्यकर्ताले गोली र पेट्रोल बम प्रहार गरे पछि जवाफी कार्बाही गरेको जिल्ला प्रशासन कार्यलय सप्तरीले जनाएको छ ।
गाउ गाउबाट ओसारिएका कार्यकर्ताले दिउसो लाठी सहित प्रदर्शन गरे पनि राति पुल भत्काउनुका साथै अञ्चल प्रहरी कार्यलयको भ्यानमा तोडफोड गरे पछि थप पेट्रोल बम र गोली हानेको प्रशासनको भनाई छ ।
जथाभावी आक्रमणमा उत्रिए पछि प्रहरीले जवाफी कार्बाही गरेको प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुरले बताउनु भयो ।
घटनाहरुमा २ प्रदर्शनकारी मारिनुका साथै प्रहरी समेत केही घाईते भएका छन् । आन्दोलनका नाममा गोली र बम नै हान्न थालिए पछि थप हिशाको आशका बढ्दै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline