म्याग्दीमा ढुङ्गाखानी भेटियो

म्याग्दीमा ढुङ्गाखानी भेटियो

  • आइतवार, मंसिर ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,६ मंसिर ।

म्याग्दीको ताकम गाविस–८ मच्छिममा सडक बिस्तारको क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ । जिल्ला विकास समिति र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्ड अन्तर्गत मच्छिम गाउँ नजिक खानी भेटिएको हो ।

घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग गर्ने आर्कषक ढुङ्गा फेला परेको ताकम सिवाङका गिरीप्रसाद छन्त्यालले जानकारी दिए । ढुङ्गाखानीको व्यवस्थापनका लागि स्थानीयले रेशम छन्त्यालको संयोजकत्वमा समिति गठन गरेका छन् भने उनीहरुले उत्खनन् समेत गर्न थालेका छन् ।

वार्षिक रु १० लाखसम्म दिने तथा सडकका लागि आवश्यक पर्ने डोजर निःशुल्क उपलब्ध गराउने सम्मको प्रस्ताव आएको संयोजक छन्त्यालको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ