प्राधिकरण विधेयकका लागि काँग्रेसद्वारा समय थपको माग

प्राधिकरण विधेयकका लागि काँग्रेसद्वारा समय थपको माग

  • आइतवार, मंसिर ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, ६ मङ्सिर ।

भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुअघि छलफलका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समय थपको माग गरेको छ ।

व्यवस्थापिका–संसद्, विधायन समितिको बैठकमा सो विधेयकसम्बन्धी प्रतिवेदनमाथि आज भएको छलफलमा काँग्रेस संसदीय दलका नेता चीनकाजी श्रेष्ठले विधेयकमाथि उच्चस्तरीय छलफल गरी सहमति जुटाउन दुई दिन समय थप गर्न आग्रह गर्नुभयो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले विधेयक जतिसक्दो छिटो पारित गर्नुपर्ने औँल्याउँदै प्रमुख प्रतिपक्षी दलले सहमतिका लागि समय थप गर्न मागेकाले दुई दिन थप गरिएको बताउनुभयो ।

बैठकमा एकीकृत नेकपा माओवादीका रामनारायण बिँडारीले विधेयक पेस नभएर प्राधिकरण गठन नहुँदा भूकम्पपछि पुनःनिर्माणको काम धेरै अड्किएकाले सत्तापक्ष र विपक्षी दुवै मिलेर प्राधिकरणको काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा९एमाले०का रेवतीरमण भण्डारीले प्राधिकरण गठन गर्न उसै पनि ढिला भइसकेको र माथिल्लोस्तरमा छलफल र सहमति जुटाउनका लागि काँग्रेसको विशेष आग्रहमा आज विधेयक पेस हुन नसकेको जानकारी दिनुभयो ।

बैठकमा सांसदले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिबाट जति सक्दो छिटो पारित गरी संसद्मा पठाउनुपर्नेमा जोड दिनुभएको थियो ।

विधेयक छिटो पारित गर्नुपर्छ भन्नेमा कुनै द्विविधा नभएपनि केही बुँदामा सहमतिका गर्नुपर्ने भएकाले दुई दिनको समय थप गरिएको भन्दै समितिका सभापति गङ्गा चौधरी सत्गौवाले यही आगामी मङ्सिर ८ गते बैठक बस्ने गरी आजको बैठक स्थगन भएको जानकारी गराउनुभयो ।

तत्कालीन काँग्रेस नेतृत्वको सरकारले यसअघि ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश, २०७२’ मार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन गर्नाका साथै तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो ।

उक्त सरकारले जारी गरेको अध्यादेश ६० दिनभित्र विधेयक ल्याएर प्रतिस्थापन गर्नुपर्नेमा त्यसो हुन नसकेपछि अध्यादेश स्वतः निष्क्रिय भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी