मधेस आन्दोलन हिंसात्मक बन्दै , सप्तरीमा प्रहरी बिटमा आगजनि

मधेस आन्दोलन हिंसात्मक बन्दै , सप्तरीमा प्रहरी बिटमा आगजनि

  • आइतवार, मंसिर ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, ६ कार्तिक ।

मधेश आन्दोलनको एक सयदिन पुरा हुदा पनि समस्या सामाधान हुनुको साटो झनै जटिल बन्दै गएको छ । चाडपर्बका बेला केहि मथ्थर भएको आन्दोलनले अहिले झनै हिंसात्मक रुप लिन थालेको छ ।

प्रहरीसँगको झडपका क्रममा गएराति सप्तरीको भारदह र रुपनीमा दुईजना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएपछि आज विहानैबाट सिरहाको लहानसहितका स्थानमा विरोध प्रदर्शन जारी छ ।

यस्तै सप्तरीको राजविराजमा प्रर्दशनकारीले जिल्ला प्रहरी कार्यालयको ना १ झ १३ १६ नम्बरको प्रहरी भ्यानमा आगजनी गरेका छन् । आगोमा जलेर भ्यानको पछाडिको भाग क्षतिग्रस्त भएको छ ।

आन्दोलनकारीकारीले रुपनीमा प्रहरी बिटमा पनि आगजनी गरेका छन् । उनीहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बरमझियास्थित सुन्दरी खोलाको रेलिङ भत्काइदिएका छन।

त्यसक्षेत्रमा बजार, पसल पूर्णरुपमा बन्द छन् भन्ने प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्गको सडकमै बसेर प्रदर्शन गरिरहेका छन् । यस्तै सिरहाको गोलबजार, मिर्चैयालगायतका स्थानमा समेत प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीमा राजमार्ग अबरोध गर्न बसेका मोर्चाका कार्यकतालाई हटाउने क्रममा स्थिती तनाबपूर्ण बनेपछि हिजो मध्यराति प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीले ४ जना मारीएको दाबी गरेका छन ।

झडपमा घाईते एक दर्जनभन्दा बढिको धरानमा उपचार भइरहेको छ । अबरोध हटाउन सप्तरीका विभिन्न क्षेत्रमा ५ सय राउण्ड भन्दा बढि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी