सप्तरीमा प्रहरीसँगको झडपमा २ प्रदर्शनकारीको मृत्यु, ४ जनाको मृत्यु भएको आन्दोलनकारीको  दाबी

सप्तरीमा प्रहरीसँगको झडपमा २ प्रदर्शनकारीको मृत्यु, ४ जनाको मृत्यु भएको आन्दोलनकारीको  दाबी

  • आइतवार, मंसिर ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

सप्तरी, ६ मंसिर ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा २ जनाको मृत्यु भएको छ । आन्दोलनकारीले भने ४ जनाको मृत्यु भएको दाबी गरेका छन ।

२ जनको शब प्रहरीले लगेको उनिहरुको आरोप छ । मध्यरातमा भएको झडपमा भारदाहमा ३ र रुपनीमा एक जना गरि चार जनाको मृत्यु भएको उनिहरुले बताएका छन ।

भारदाहमा डाडा गावीसका २० बर्षीय विरेन्द्र राम र कुपहीका २० बर्षीय श्याम मण्डलको मृत्यु भए पनि उनिहरुको शब भटिएको छैन ।

राजमार्ग अबरोध गर्न बसेका मोर्चाका कार्यकतालाई हटाउने क्रममा स्थिती तनाबपूर्ण बनेपछि प्रहरीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो । झडपमा डेढ दर्जनभन्दा बढि घाईते भएका छन् ।

उनीहरुको धरानमा उपचार भइरहेको छ । अबरोध हटाउन सप्तरीका विभिन्न क्षेत्रमा ५ सय राउण्ड भन्दा बढि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा रातभरी प्रदर्शन भएपछि राजधानी आउन लागेका सयौ यात्रुबाहक बस सुनसरीको इटहरीमै रोकिएका छन् ।

प्रदर्शनका कारण कुनै पनि सवारी साधनलाई स्कर्टिङ्ग गर्न नसकिएको प्रशासनले जनाएको छ ।

प्रहरीले केहि महिना यता सो क्षेत्रमा राति स्कर्टिङ्ग मार्फत सवारी साधनलाई गन्तब्यमा र्पुयाउदै आएको थियो । पूर्व सप्तरीदेखि महोत्तरीसम्म राजमार्गमा रातभर प्रदर्शन भएको जनाएको छ ।

झडपपछि स्थानीय प्रशासनले सदरमुकाम राजविराजको अञ्चल प्रहरी कार्यालयबाट नगर प्रहरी कार्यालयसम्म तथा रुपनी र भारदहमा कर्फ्यु लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ