काठमाडौं, ६ मंसिर ।
तराइमा जारी आन्दोलन र मुलुका अहिले देखिएको पस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलिय बैठक बालाउनु भएको छ ।
प्रतिपक्षी दल र सत्तारुढ दलहरुबीच पछिल्लो समय सर्वदलीय बैठक बोलाउने होडबाजी चल्न थालेको छ ।
काँग्रेसले बोलाएकोे सर्बदलीय बैठकमा अनुपस्थित रहनु भएको ओलीले त्यसको भोलीपल्टै बैठक बोलाउनु भएको हो , बैठक साँझ ६ बजे बस्ने छ ।
आन्दोलनतर मधेसी मोर्चाको मागबारे साझा धारणा बनाउन बैठक आह्वान गरिएको प्रधानमन्त्रीका पे्रस सल्लाहकार प्रमोद दहादले जानकारी दिनुभयो ।
सत्तारुढ गठबन्धन सम्मीलीत उच्चस्थरिय संयन्त्रले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहभागी नहुने भएपछि सर्बदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि काँग्रेसको अग्रसरतामा हिजो बसेको सर्वदलीय बैठकले पनि मधेशका मुद्दा सम्बोधन गर्न साझा धारणा बनाएर अघि बढ्ने सहमति भएको थियो ।