तराईका कृषकलाई रासायनिक मलको अभाव

तराईका कृषकलाई रासायनिक मलको अभाव

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

वीरगन्ज, ५ मङ्सिर ।

गहु छर्ने समयमा रासायनिक मलको चरम अभाव भएपछि अहिले मध्य तराईका कृषक समस्यामा परेका छन ।
वीरगन्जको सुख्खा बन्दरगाहमा थन्किएको रासायनिक मल मध्यतराईका बारा, पर्सा र रौत्तहटसम्म ढुवानी हुन नसकेपछि यस क्षेत्रमा अभाव सिर्जना भएको कृषि सामग्री कम्पनी लि वीरगन्जले जनाएको छ ।

किसानले धान भित्र्याएपछि आलु, गहु“का साथै अन्य खेतीका लागि पर्याप्त मात्रामा रासायनिक मलको माग गर्न थालिएको जिल्ला कृषि विकास कार्यालय पर्साका सूचना अधिकृत मुन्नीलाल प्रसादले बताउनुभयो ।

यस वर्ष पर्याप्त वर्षा नभएका कारण धानको उत्पादन घट्ने सम्भावना बढेपछि बारा, पर्सा र रौतहटका किसानले गहु“खेतीतर्फ बढी आकर्षित भएका छन् ।

रासायनिक मलको आपूर्ति र बिक्री वितरण कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले गर्दै आइरहेका छन् तर मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाका जामका कारण ढुवानीमा समस्या उत्पन्न भएपछि रासायनिक मल बजारसम्म पुग्न नसकेको भनाइ वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको छ ।

लगातारको लामो बन्द, हडताल र नाकाजामका कारण रासायनिक मलको आयातमा आएको रोकावटका कारण यस क्षेत्रमा मलको अभाव हुन थालेको छ। बन्दका कारण ढुवानीमा समस्या उत्पन्न भएपछि अहिले वीरगन्जस्थित सुख्खा बन्दरगाहमा करिब २५ हजार टन रासायनिक मल थन्किएको अवस्थामा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी