साताभरमा नेप्से छ अङ्कले घट्यो

साताभरमा नेप्से छ अङ्कले घट्यो

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, ५ मङ्सिर ।
नेपाल–भारतको सीमा नाकामा भएको अवरोधका कारण पारवहन समस्याको असर पूँजी बजारमा पनि परेको छ ।

केही सातादेखि नकारात्मक असर परेको नेप्सेमा यो साता पनि पहिलो दिनको तुलनामा ५.५२ अङ्कले घटेको छ । यो साताको अन्तिम दिन एक हजार ९४.५७ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस साता स्टक एक्सचेन्जमा १४३ कम्पनीका चार ८६८ कारोबारबाट रु ७५ करोड ८२ लाख ३३ हजार बराबरका १५ लाख ८७ हजार ३९० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.०८ अङ्कले घटेर २३६.२६ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा वरुण हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यो साता छिमेक लघुवित्त विकास बैंकको १४ लाख १८ हजार ५५७ कित्ता र लक्ष्मी बैंकको ७० लाख १३ हजार ६०६ कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी