चिनियाँ प्रधानमन्त्रीले भारतीय गृहमन्त्रीसँग भने- नेपालमाथिकाे नाकाबन्दी अमानविय

चिनियाँ प्रधानमन्त्रीले भारतीय गृहमन्त्रीसँग भने- नेपालमाथिकाे नाकाबन्दी अमानविय

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं,५ मंसिर ।चिनियाँ प्रधानमन्त्री लि खछ्याङले चीन भ्रमणमा रहेकाे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग नेपालमाथिकाे नाकाबन्दी अमानविय भएकाे बताएका छन् ।

नेपाल र चीनबीच इन्धन सम्झाैता हुँनै लाग्दा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे सन्देश बाेकेर चीन पुगेका सिंहसँग भेटवार्ताकाे क्रममा चिनियाँ प्रधामन्त्रीले साे कुरा बताएका हुन् ।

भेटवार्ताकाे क्रममा भारतीय गृहमन्‍त्री सिंहले नेपालकाे संविधानले सबै नेपालीकाे भावना नसमेटेकाे भनाइ राखेका थिए । त्यसकाे जवाफमा चिनियाँ प्रधानमन्त्री खछ्याङले नेपालकाे अान्तरिक मामला भएकाले कसैले हस्तक्षेप गर्न नमिल्ने बताएका थिए ।

नेपालले चीन सँग गर्न लागेकाे इन्धन सम्झाैतासँग अाफ्नाे जित र हारकाे रुपमा लिएकाे भारतले नेपालसँग इन्धन सम्झाैता नगर्न चीनसँग अाग्रह गरेकाे बताइएकाे छ ।

भेटकाे क्रममा चिनियाँ प्रधानमन्त्रीले नेपालमा मानविय संकट देखापरिसकेकाले आफुहरु चुप लागेर नबस्ने बताइकाे चिनियाँ सञ्चारमाध्यमले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी