धरान,५ मङ्सिर । एकजना होईन,दुई जना होईन एउटै परिवारका पाँच जना जवान छोराछोरी सुस्त मनस्थितीका हुदा कस्तो हुन्छ होला हामी सहजै अनुमान गर्न सक्छौ ?
मोरङ इटहरा–७ सिक्किमे टोलका तुलसीराम ढुङगाना र सृजना ढुङगनाका पाँचजना सुस्त मनस्थितीका छोराछोरी रहेका छन् । उनीहरुको स्याहार सुसारमा दिनरात खट्नुपर्दा कम्ता दुख भोग्नु परेको छैन् ढुङ्गना दम्पतीले ।
यि दम्पतीका छोरीछोरीहरु ३७ वर्षीय निर्मला, ३५ वर्षीय निर्मल, ३१ वर्षीय उमेश, २२ वर्षीय पार्वता र २० वर्षीय गोमा जन्मजात सुस्तमनस्थिती जन्मिए ।
त्यसैले यस्तो कष्टपुर्ण जीवन जिउनु परेको हो । सुस्तमनस्थिती जन्मेको केही महिनापछि नै बाबुआमाले आप्mना छोराछोरी अरु जस्तै सामन्य नहुने बुझिएसको थिए ।
भनिन्छ, छोराछोरी भनेका बुढेसकालका लौरो हुन्, तर यी ढुङगना दम्पतीको हकमा भने यो उखान उल्टो भएको छ । यी दम्पत्ति ५ जना छोराछोरीका गोठालोसरह भएका छन् ।
भोक लाग्यो, दिसापिसाब लाग्यो भन्न जान्दैनन ,उनले भने, आफ्नै घाउ कोट्याएर खान्छन् । महिनावारी हुँदाको फोहोरमै खेल्छन । बडोे पीर छ । सन्तान सुस्तमनस्थितिका जन्मँदै जाँदा ढुंगाना दम्पतीले परिवार नियोजन गर्ने, रोक्ने उपाय खोजेनन्,हेक्का थिएन । यसको परिणाम अहिलेको जीवन कष्टकर छ । पाँचै सन्तानलाई हेर्न, उनीहरूको माग र आवश्यकता बुझेर सन्तुष्ट पारिदिन आमा सिर्जनालाई गाह्रो पर्छ ।
सानो छँदा एकखालको हेरविचारले हुने,उनले भनिन्, ठूला हुँदै गएपछि सजिलो होला भन्दा अझ बढी अप्ठ्यारो छ । सिर्जनाले सन्तान रिसाएको र खुसी भएको मात्र थाहा पाउन सक्छिन् । नत्र उनीहरुको इसारा बुझ्न सक्दिन् । बिरामी भए भनेपनि भन्न नसक्ने छोराछोरी अनुमानको भरमा उपचार गर्न सकिनसकी लैजान्छन् । कहिले काहिँ त के भन्न खोजेको हो बुझ्दैनौं,लडीबढी गर्छन खानदिएको कुरापनि पोखिदिन्छन,ढुङ्गाना दम्पतीले एकै स्वरमा भने । छोराछोरीलाई कुनै पनि संस्थाले अहिलेसम्म फर्केर हेरेका छैनन् । ढुङगाना परिवारका २ छोरा र ३ छोरीले कम्ता कष्टपूर्ण जीवन बिताउनुपरेको छैन ।
शारीरिक तथा मानसिकरुपमा समते अपाङ्ग बनेका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनवारले खाने बस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्याही बस्ने, दिशा पिसाब गरेको पनि थाहा नपाउने आमा सृजना ढुङगानाले बताईन् ।
‘५ जना अपाङग छोरा छोरी स्याहार्दै आप्mनो १० कठ्ठा खेत पनि कमाउन सकिएको छैन’, आमा सृजनाले गहँभरि आँशु पार्दै भनिन, ‘यो १० कठ्ठा जमिनले पनि खान पुग्दैन । छोराछोरी स्यहार्दै दिन वित्ने भएकाले खेत अधिंया दिएका छौं ।’ छोराछोरीलाई मिठो मसिनो लत्ता कपडाका पु¥याउन गाह्रो भएको उनीहरुको भनाई छ । अपाङग छोराछोरी स्याहार्ने दुवैजना पनि आफैंमा स्वस्थ छैनन् । तुलशीराम शरीरमा बल हराइसकेको छ । चिनी र क्षयरोगबाट पीडित छन् । तुलसीरामले भने, ‘मेरी पत्नीको पाठेघरको अप्रेशन गरिएको छ, दुवैजना रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो । यस्तो पिडा त कसैलाई नहोस दैव ।
पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका हुन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । यी विरामी दम्पत्तिले छोराछोरीका लागि भएभरका सम्पत्ति सकिसकेका छन् । खाना खुवाए देखि दिशा पिसाब गर्दा समेत अपाङ्ग छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ । छोराछोरीलाई सम्हाल्दै यी दम्पत्तिले छरछिमेक र आफन्तको निम्ता मान्न पनि जान पाउँदैनन् । कहिले काहि त खाना छरेर हैरान पार्छन् । ‘एकक्षण छोड्यो भने खानेकुरा समेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छ’, तुलसीरामले भने, ‘पाँचजनालाई एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन, अबका दिनमा यीनलाई कसले स्याहारिदेला दैब ।’
घर लड्न लागेको छ, घरसँगै हाम्रै जिन्दगी पनि कतिखेर लड्छ के थाहा, छानो चुहिने घर देखाउदैं श्रृजनाले भनिन् ।
छोराछोरी दिनमा भन्दा रातमा समाल्न गाह्रो हुनेर गरेको ढुङ्गना दम्पतीले बताए । राती घरबाट लडेर मर्लान भन्ने डर हाम्रो शरिरमा वल छैन्,तुलशीरामले भने,अव त उनीहरुलाई सम्हाल्दा आफैलाई पछारेर मर्लान भन्ने डर । धेरै चोटी लडाईसके ।
राति एकजना उठ्यो भने हल्ला गरेर अरुलाई सुत्न दिदैैन् । एक जना बोल्यो कि सवै उठ्छन् । उनीहरु निदाएपछि मात्र सुत्नुपर्ने भएकोले
सुविस्ताले सुस्त पाईदैन् । घरमाथि बाट झर्छन भनेर एकछिन छोड्न मिल्दैन ।
पँ‘च सन्तानले सरकारद्वारा सामाजिक सुरक्षाअन्तर्गत प्रदत्त मासिक एक हजार अपांग भत्ता पाउँछन ।
सरकारबाट सहयोग पाए छोराछोरीलाई पाल्न सहज हुने ढुङगना दम्पत्तिले आशा पालेका छन् । ‘हाम्रा छोराछोरीको विजोग देखेर कठैबरी भन्ने मात्र छन’, सृजनाले भनिन् ‘संघ संस्थाका व्यक्तिहरु चिल्ला गाडी लिएर आउँछन्, सहयोगका मिठा लड्डु बाँड्छन तर आजसम्म कसैले एक पैसो सहयोग गरेका छैनन् ।
तुलसीरामका अनुसार ढुंगाना दाजुभाइमा कहींकतै कसैलाई नदेखिएको समस्या उनलाई परेको बताउनुहुन्छ उनले गहभरी आँशु पार्दै कुन जन्मको सजाय दियौं दैव । अव छोराछोरी कसरी स्याहार्ने होला भन्दै हेर्न जाने जो कोहीको मुखबाट यहि शब्द निस्कन्छ । यस्ते खालको समस्या अब कलैलाई आई नलागोस ।