नाकाबन्दीविरूद्ध अन्तराष्ट्रिय अदालतमा मुद्दा दायर गर्नुपर्छ : सुवाल

नाकाबन्दीविरूद्ध अन्तराष्ट्रिय अदालतमा मुद्दा दायर गर्नुपर्छ : सुवाल

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, ५ मङ्सिर ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भूपरिवेष्टित देश नेपालको पारवहन अधिकारलाई कुल्चेर भारतले नेपालमा लगाएको नाकाबन्दीविरूद्ध अन्तर्रा्ट्रिय अदालतमा मुद्दा दायर गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी विदेश विभाग प्रमुख एवम् सांसद सुवालले आज टोखास्थित गणेस्थानमा आयोजित विरोधसभामा स्वदेशी उत्पादनमा वृद्धि गरी देशलाई आत्मनिर्भरतातर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जन र रवीन्द्र ज्याखले मुलुकको राष्ट्रियता तथा स्वाधीनताका विषयमा सबै दल एकजुट हुनुपर्नेमा जोड दिँदै नेपालमा भएका विभिन्न खनिज वस्तु तथा पेट्रोलियम पदार्थका खानी खन्ने विषयमा सरकारले काम गर्नुपर्ने सुझाव दिनुभयो ।

पार्टी काठमाडौँ जिल्ला कमिटी अध्यक्ष नारायण महर्जनले मधेस आन्दोलन देशको आन्तरिक समस्या भएकाले त्यसलाई नेपालीले नै समाधान गर्नुपर्ने बताउनुभयो । स्थानीयबासी टोखराज डङ्गोलले अहिले मुलुकमा देखिएको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी