काठमाण्डौ,५ मंसिर ।
नेपाल आयल निगमले इन्धन उपलब्ध गराएपछि बायु सेवा कम्पनिले आजबाट नियमित आन्तरीक हवाइ उडान सुरु गरेका छन ।
आन्तरीक तर्फ बायु सेवा कम्पनिहरुले आज ८१ सेक्टरका लागि उडान भर्न लागेको त्रिभुवन बिमान स्थलले जनाएको छ । इन्धनको अभाबमा हिजो निजी बिमान कम्पनिले एक तिहाइ उडान रद्ध गरेका थिए ।
पछिल्लो समय आयल निगमको आग्रहमा बोइङ मार्फत भारतबाट इन्धन ल्याउने गरेको बायु सेवा निगमले आन्तरीक कारण देखाउदै अस्ती हवाइ इन्धन नलाएपछि निजी कम्पनिले हिजो इन्धन पाएका थिएन ।
बायु सेवा निगमले हिजो कोलकत्ताबाट एयर लिप्टिङ गरी इन्धन ल्याएपछि आयल निगमले आन्तरीक बायु सेवा कम्पनिलाई तेल बितरण गरेको थियो ।
भारतको नाकाबन्दीका कारण आयल निगमले इन्धन बितरण गर्न नसकेपछि बायु सेवा निगमको सहयोगमा भारतबाट हवाइ जहाजबाट इन्धन ल्याउने गरीएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline