बन्द, हडतालको प्रतिकार गर्न आग्रह

बन्द, हडतालको प्रतिकार गर्न आग्रह

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाठौँ, ५ मङ्सिर ।

बन्द, हडताल र नाकाबन्दीले निम्त्याएको समस्या समाधान खोज्न नागरिक समाज, मानवअधिकारकर्मी र बौद्धिक वर्ग सक्रिय हुनुपर्नेमा एक कार्यक्रम बक्ताले जोड दिएका छन ।

लायन्स क्लब अफ काठमाडौँले आज माइतीघर मण्डलामा आयोजना गरेको शान्ति तथा सद्भाव ऐक्यबद्धता कार्यक्रमका वक्ताहरुले नाकाबन्दीका कारण मुलुकले विकराल समस्या भोगिरहँदा पनि नागरिक समाज, गैरसरकारी सङ्घसंस्था र बौद्धिक वर्ग चुप लागेर बसिरहेका बताए ।

पूर्व सभासद् शान्ता चौधरीले एकले अर्कालाई आरोप–प्रत्यारोप लगाउने भन्दा पनि बन्द, हडताल र नाकाबन्दीका कारण उत्पन्न समस्यालाई चाँडो समाधान गर्नेतर्फ केन्द्रित हुन राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभयो ।
बन्द र हडतालका कारण मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै उहाँले आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने, नभए अब नागरिक स्तरबाटै बन्द, हडतालको प्रतिकार गर्नुपर्ने बताउनुभयो ।

मुलुकभित्र ६०० र बाहिर २११ राष्ट्रमा फैलिएको लायन्स क्लबले शान्ति र सद्भाव कायम राख्न देशव्यापी अभियान सञ्चालन गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी