काठमाडौँ, ५ मङ्सिर ।
नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि काँग्रेस हदैसम्म लचिलो हुने बताउनुभएको छ ।
डिल्लीबजार टोल सुधार समितिले आज आयोजना गरेको कार्यक्रममा महामन्त्री सिंहले मधेसमा जारी समस्याको समाधानका लागि काँग्रेसले मधेसी दल र सरकारसँग सार्थक वार्ता थाल्ने उल्लेख गर्नु भयो ।
महामन्त्री सिंहले मधेसको समस्या समाधानका लागि जिम्मेवार भएर प्रस्तुत हुन सरकारलाई आग्रह गर्नुभयो । उहाँले विद्येयक पारित गराउन सरकारले आनाकानी गरेको भन्दै इमान्दारिताका साथ प्रस्तुत भए सबै समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नाकाबन्दीका कारण बजारमा कालोबजारी मौलाउँदै गएकाले यसलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline