‘हेलो सिँचाइ मन्त्री’ जनसंवाद सुरू

‘हेलो सिँचाइ मन्त्री’ जनसंवाद सुरू

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, ५ मङ्सिर ।

जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले सिँचाइ मन्त्री उमेशकुमार यादवले ‘हेलो सिँचाइ मन्त्री’ जनसंवाद कार्यक्रम सुरू गर्नुभएको छ ।

जनसंवादका लागि सिंहदरबारस्थित मन्त्रालयको टेलिफोन नम्बर ०१–४२००२१५ को व्यवस्था गरिएको छ । मन्त्रालयसँग जोडिएका निकाय, मातहतका विभाग, आयोजना, कार्यालय र सिँचाइसँग सरोकार राख्ने विषयवस्तुका सम्बन्धमा जनताले प्रत्यक्ष टेलिफोन गरेर सल्लाह, सुझाव र गुनासा राख्न सक्नेछन् ।

मन्त्राललयका अनुसार सार्वजनिक बिदाको दिनबाहेक दिउँसो १ देखि २ बजेसम्म दैनिक एक घण्टा जनताका सल्लाह, सुझाव र गुनासा लिइने छ । महिनाको दुई दिन मन्त्री आफैँले जनतासँग प्रत्यक्ष संवाद गर्नुहुने छ भने अन्य दिन मन्त्रालयको निजी सचिवालयले गुनासा लिएर मन्त्रीसमक्ष पु¥याउने छन् ।

मन्त्री यादवले शुक्रबार मोरङका बालकृष्ण अधिकारीसँग प्रत्यक्ष संवाद गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो । शुक्रबार मात्रै सङ्खुवासभाबाट जेबी निरौला, सप्तरीबाट मोहम्मद सकिल, सप्तरीबाटै रामसुन्दर यादव, बझाङबाट दीपकराज जोशी, मुगुबाट जयकृष्ण रोकाय, सप्तरीबाट रामकुमार यादवले सिँचाइ मन्त्रीलाई फोन गरेर आफ्ना गुनासा राख्नुभएको थियो ।

सो अवसरमा मन्त्री यादवले जनसंवाद कार्यक्रममार्फत आएका सल्लाह, सुझाव र गुनासाअनुसार मन्त्रालय तत्काल अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सो कार्यक्रमले मन्त्रालय र जनताबीचको सम्बन्ध अझ प्रगाढ र सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ