काठमाडौं, ५ मंसिर ।
तराई मधेसमा आन्दोलन भएको आज १ सय दिन पुरा भएको छ ।
संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको नेतृत्वमा जारी आन्दोलनका कारण तराईसहित मुलुकभरको जनजिवन अस्तव्यस्त भएको छ ।
मधेस आन्दोलन लाई कारण देखाउदै भारतले सुरु गरेको अघोषित नाकाबन्दी पनि साठि औं दिनसम्म जारी छ ।
मधेस आन्दोलन र भारतीय नाकाबन्दपछि काठमाडौं उपत्यका सहित देशभर अत्यावश्यकिय बस्तु तथा इन्धनको अभाव चुलिदै गएको छ ।
आन्दोलन लम्बिदै जादा अराजकता पनि बढ्दै गएको छ । आन्दोलन मोर्चाका कार्यकर्ताले विराटनगरमा आज विहानै २ ओटा मोटर सवारीसाधनमाथी तोडफोड गष्रेका छन ।
विराटनगरबाट झापा जादै गरेको ना ३ ख ४१ १९ र को १ ख १७६५ नम्बरको बसमा ढुंगा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट बसको सिसा फुटेको छ
विरगंज, विराटनगर रौतहट लगाएतका क्षेत्रमा मोर्चाका कार्यकर्ताले विहानैबाट प्रदर्शन सुरु गरेका छन