सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन राष्ट्रसंघको आग्रह

सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन राष्ट्रसंघको आग्रह

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, ५ मंसिर ।

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपाल भारत सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभएको छ ।

सीमा नाकाबाट भइरहेको अवरोधप्रति चिन्ता जनाउँदै महासचिव वानले तत्काल अवरोध हटाएर अत्यावश्यक सामान आयत नियमित गर्न आग्रह गर्नुभएको उहाँका प्रवक्ता स्टिफन डुजारीकले जानकारी दिनुभएको छ ।

गएराति अमेरिकाको न्युयोर्कमा भएको पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा भइरहेको अवरोधका कारण औषधिसहितका अत्यावश्यक सामग्री आयातमा अवरोध भएको प्रति महासचिव वानले चिन्ता व्यक्त गर्नुभएको उहाँका प्रवक्ता डुजारिकले बताउनुभयो ।

महासचिव वानले मधेसी मोर्चाको तर्फबाट हिजो औषधि बोकेका गाडी तथा बिरामी बोकेको एम्बुलेन्समा भएको आक्रमणप्रति पनि चासो व्यक्त गर्नु भएको छ ।
महासचिव वानले राष्ट्रसंघ नेपालमा समावेशीता तथा शान्ति सुरक्षासहितको प्रजातान्त्रिक व्यवस्थापको पक्षमा सहयोग गर्न सदैव तयार रहेको पनि बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ