४ मंसिर, अछाम ।
सार्वजनिक यातायातका साधनको अभावले तिहार मनाउन घर पुगेकाहरुलाई अछाम जिल्लाबाट कार्यक्षेत्रमा फर्किन निकै सास्ती भएको छ । पेट्रोलियम पदार्थको अभावले यातायातका साधन नचल्दा यात्रुलाई सास्ती भएको हो ।
तिहार मनाएर कार्यक्षेत्र फर्किने बेला आफुहरुले निकै समस्या भोग्नुपरेको यात्रुहरुले बताएका छन् । तिहार लगत्तै यात्रुको संख्या अत्यधिक भए पनि त्यसै अनुसार बस नचल्दा आफु जस्ता अगाडि नै टिकट काट्ेका धेरै यात्रुहरुले बसको सहज यात्रा गर्न यातायातका साधन अभावले तिहार मनाउन घर आएकालाई कार्यक्षेत्रमा फर्किन कठिनाई भएको छ ।
तिहार सकिएलगत्तै कार्य क्षेत्रतर्फ फर्किनेको संख्या अत्यधिक हुँदा यस अघिका बर्ष यो समयमा दैनिक ८–१० वटा बस अछामबाट तराईका जिल्लाका लागि छुट्ने गरेकामा यो बर्ष भने दैनिक मुस्किलले ३–४ बस मात्र छुट्ने गरेको सुदूरपश्चिम बस व्यवसायी समिति मंगलसैन काउण्टरका प्रमुख भरत भण्डारीले बतायनुभयो ।
यात्रुले सम्बन्धित क्षेत्रमा जसरी भए पनि जानै पर्ने बाध्यता रहेकाले बसको सिट वाहेक ग्यालरी र क्यावीनमा समेत टिकट काटेर यात्रु पठाएको भण्डारीले बताउनुभयो ।