प्रतिदिन २० लिटर तेल उपलब्ध गराउन ट्याक्सी व्यवसायीको माग

प्रतिदिन २० लिटर तेल उपलब्ध गराउन ट्याक्सी व्यवसायीको माग

  • शुक्रबार, मंसिर ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, ४ मङ्सिर ।

ट्याक्सी व्यवसायीले पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी र तस्करी रोक्न सरकारसँग माग गरेको छ ।

श्री स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकारसम्मेलनमा व्यवसायीले उपत्यकामा रहेका ३०० पेट्रोल पम्पलाई व्यवस्थित गरी वैज्ञानिक ढङ्गले इन्धनको बिक्री वितरण गर्न र ट्याक्सीलाई प्रतिदिन २० लिटर इन्धन उपलब्ध गराउन माग गरेका छन् ।

उपत्यकामा सञ्चालनमा रहेका सात हजार ५०० ट्याक्सीलाई पर्याप्त इन्धन उपलब्ध नगराए व्यवसाय ठप्प पारी ट्याक्सीको साँचो सरकारलाई बुझाउने चेतावनी सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् ट्याक्सी समस्या समाधान समितिका संयोजक राम थापाले दिनुभयो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सोमप्रसाद अधिकारीले सरकारको इन्धन व्यवस्थापन निक्कै कमजोर रहेको बताउनुभयो । ट्याक्सी व्यवसायीले यस अघि सरकारलाई आठबुँदे माग पत्र बुझाइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी