डेढ महिनापछि सुदूरपश्चिम विश्वविद्यालयमा लगाएको ताला आज खुल्यो

डेढ महिनापछि सुदूरपश्चिम विश्वविद्यालयमा लगाएको ताला आज खुल्यो

  • शुक्रबार, मंसिर ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ,४ मंसिर ।

कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनले लगाएको ताला डेढ महिनापछि आज खुलेको छ ।

गत असोज १४ गते मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गरी द्वारिकादेवी ठकुरानी विश्वविद्यालय राख्ने निर्णय गरेपछि यहाँका विद्यार्थी सङ्गठनले विरोध गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।

शिक्षा मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद्ले विश्वविद्यालयको नाम परिवर्तन गर्न गरेको निर्णयबारे मन्त्रालयमा जानकारी नआएको पत्र पठाएपछि आज बिहानदेखि आन्दोलित विद्यार्थी सङ्गठनले तालाबन्दी फिर्ता लिएका हुन् ।

विश्वविद्यालयको नाम परिर्वतनबारे स्थानीयस्तरमा सल्लाह नै नगरी एकलौटी ढङ्गले द्वारिकादेवी नाम राख्ने निर्णय गरिएको भन्दै गत असोज १५ गते नेपाल विद्यार्थी सङ्घबाहेकका विद्यार्थी सङ्गठन आन्दोलनमा उत्रिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी