काठमाण्डौ, ४ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएको समस्याको समाधान चाँडै हुने विश्वास व्यक्त गर्नुभएको छ।
आफ्नै सरकारी निवास बालुवाटारमा आज विभिन्न संघ, संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको रकम बुझ्दै उहाँले समस्या समाधान गर्न कूटनीतिक पहल भइरहेको बताउनुभयो ।
मुलुकमा इन्धन र औषधिको अभाव हुन नदिन सरकार गम्भीर रहेको भन्दै उहाँले केही दिनमा आपूर्ति सहज हुने जानकारी दिनुभयो । मधेस केन्द्रीत दलहरुसँगको वार्ता केही दिनमै निष्कर्षमा पुग्ने भन्दै उहाँले राजनीतिक तहबाटै समस्या समाधान गर्न पहल भइरहेको बताउनुभयो ।
वार्ताको लागि सरकार हदैसम्म लचिलो भएको ओलीको भनाई छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा भारतको सनोफीले कम्पनीले ५२ लाख ८७ हजार रुपैयाँ जम्मा गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline