ऐतिहासिक थाक पुस्तकालयको पुनःनिर्माण गर्न माग

ऐतिहासिक थाक पुस्तकालयको पुनःनिर्माण गर्न माग

  • शुक्रबार, मंसिर ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,४ मंसिर ।

मुस्ताङको पुरानो र ऐतिहासिक महत्व राख्ने थाक पुस्तकालयको भवन पुनर्निर्माण गरिदिन स्थानीयले माग गरेका छन ।

विसं २००७ सालमा टुकुचेबासीको पहलमा ढुङ्गा र विशेष किसिमको माटोबाट निर्मित पुस्तकालयको भवन चर्किएर भत्किने अवस्थामा पुगेको छ । भवनको छानोबाट पानी चुहिने भएपछि दुई महिनादेखि पुस्तकालयमा रहेका पुस्तक नजिकै रहेको रेडक्रसको भवनमा राखिएका छन ।

नेपालमा प्रजातन्त्र प्राप्तिसँग जोडिएको पुस्तकालयको भवन पुनर्निर्माण गर्न स्थानीयले माग गरेका छन् । थाक पुस्तकालय व्यवस्थापन समितिका कोषाध्यक्ष पथबहादुर थकालीले प्रजातन्त्र स्थापना भएको सालमै स्थापना भएको पुस्तकालयको ऐतिहासिक महत्व रहेको बताउनुभयो ।

पुस्तकालयको नयाँ पक्की भवन निर्माण गर्न स्थानीयले जिल्ला विकास समितिलाई समेत आग्रह गरेका छन् । पुस्तकालयमा विद्यालयका पुस्तकदेखि धर्म, साहित्य, कला र ऐतिहासिक महत्वका सात हजार पुस्तक छन् ।

नयाँ भवनलाई रु ६० लाख बजेट आवश्यक पर्ने पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ । पुस्तकालयमा पुस्तक र आन्तरिक व्यवस्थापनमा रिड नामक शैक्षिक संस्थाले निरन्तर सहयोग गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ