काठमाडौँ, ४ मङ्सिर ।
नाकाबन्दीलाई कारण देखाउँदै यातायात व्यवसायीले कालोबजारी गरी यात्रुसँग मनपरी भाडा असुल्न थालेका छन ।
डिजेल नपाएर ८० रुपैयाँको तेललाई ३०० तिरेर कालोबजारियासँग हाल्यौँ भन्दै मनपरी भाडा असुल्न थालेका यात्रुले गुनासो गरेका छन् ।
कालोबजारियासँग तेल किनेकाले बढी भाडा लिएका हौँ भन्दै खुलेआम लिन सकिने जति भाडा असुल्दा पनि यातायात व्यवस्था विभागले अनुगमन नगरेको यात्रुको दुखेसो छ ।
यातायात व्यवस्था विभागले भदौ २५ मा लागू गरेको भाडादरको सबैभन्दा पहिले पारदर्शीरुपमा कार्यान्वयन गराएर प्रशंसा कमाएको कीर्तिपुर बस व्यवसायी सङ्घका बसले समेत कालोबजारियाको नाममा मनपरी भाडा असुल्न थालेको यात्रुको गुनासो छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline