काठमाण्डौ,४ मंसिर ।
प्रधानमन्त्री दैबी प्रकोप उद्धार राहत कोषलाई भारतको भ्याक्सिन र औषधि उत्पादन गर्ने कम्पनी सनोफीले ५२ लाख ८७ हजार रुपियाँ हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सो कम्पनीका तर्फबाट प्रधानमन्त्री केपी ओलीलाई राहत वापतको चेक हस्तान्तरण गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यसअघि सो कम्पनीले भूकम्पबाट पीडितका लागि नेपाल सरकारलाई करिब साढे ७ करोड रुपियाँ बराबरको औषधि र अन्य सहयोग गरेको थियो ।
प्रधानमन्त्री ओलीले सीमामा नाकबन्दीका कारण औषधी जस्ता अत्यावश्यक बस्तुहरु रोकिएका र इन्धन अभावले नेपालीहरुले विभिन्न खालका समस्या बेहोरिरहेको बेला आएको सहयोग र सदभावले आफ्नो मन छोएको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline